उदय सोताङको नयाँ गीत ‘तिम्रो साथ’ (भिडियो)
लोकप्रिय गायक उदय सोताङको नयाँ गीत सार्वजनिक भएको छ । भावुक गीतका लागि चचित गायक सोताङको विशषता अनुसार नै तिम्रो साथ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ।

मेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको रचना र अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्ध गर्नुभएको छ ।
साथ छुट्ला भन्ने डरले आफ्नो शाररीक समस्या प्रेमिकाबाट लुकाउँदा सिर्जना भएको दुखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा सुजिता सिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ । राम केसीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको हो ।
गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो टिम मुक्तिनाथको निर्देशनमा तयार पारिएको छ भने नेपाली मेलोडिज नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्