जन सरोकार

एसियाली मुलुकमा असर नगर्ने सूर्य ग्रहणले अमेरिकामा दिउँसै अँध्यारो हुने

अप्रिल ८, २०२४ अर्थात् चैत २६ गते खग्रास सूर्यग्रहण लाग्दैछ । नेपाल लगायत एसियाली मुलुकबाट नदेखिने सूर्यग्रहणले अमेरिकामा भने दिउँसै अँध्यारो हुनेछ ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुर काठमाडौंका वेधशाला व्यवस्थापक एवम् सूचना अधिकारी सरोजराज शाहीले सूर्यग्रहणको असर अमेरिकामा देखिने बताउनुभएको हो ।

उहाँले सूर्यग्रहणको असर नेपालसहित एसियाली मुलुकमा नदेखिने भए पनि मेस्किको, क्यानडा लगायतका ठाउँमा यसको प्रभाव देखिने बताउनुभयो । यस वर्षको सुरुवातमा गत वैशाख ७ र असोज २७ गते लागेको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन ।

सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा सूर्यग्रहण लाग्छ । सामान्यतया, यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले हुन्छ र केही समयका लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.