अर्थ

सुनको मूल्यमा पुन: नयाँ कीर्तिमान, आज कति छ तोलाको ?

स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुन: नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख ३६ हजार दुई सय कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भएको छ ।

यस्तै, तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा रु एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार छ सय ८५ निर्धारण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.