जापानब्यापी खुल्ला कविता प्रतियोगितामा बिमन किराती प्रथम

एनआरएन जापान कान्साई क्षेत्रीय समितीले आयोजना गरेको जापानब्यापी खुल्ला कविता प्रतियोगितामा गुन्मा केन निवासी बिमन किराती प्रथम भएका छन् । जापानमा बसोवास गर्ने साहित्यिक व्यक्तित्वहरुको प्रतिभा उजागर तथा हौसला प्रदान गर्ने उद्देश्यले एनआरएन कान्साईले सो प्रतियोगिताको आयोजना गरेको हो ।

मार्च २८ सम्म जापानभरबाट प्राप्त ४९ वटा कविताहरु मूल्यांकनका लागि नेपालमाा रहनुभएका साहित्यिक व्यक्तित्वहरुको तीन सदस्यीय निर्णायक समिति समितिमा पठाइएको थियो । निर्णायक समितिमा भूपिन खड्का को संयोजकत्वमा सुरेन्द्र अस्तफल र टीका आत्रेय सदस्य रहनुभएको समितिले उत्कृष्ट १० र क्रमशः प्रथम, द्वीतिय र तृतीय छनोट गरी पठाइएको थियो ।
प्रतियोगितालाइ थप रोमाञ्चक र जनमुखी बनाउने अभिप्रायले उत्कृष्ट १० लाई अप्रिल ८ तारिक बिहीवार प्रत्यक्ष बाचन गराएको थियो । कविता प्रतियोगितामा प्रथम गुन्मा केन निवासी बिमन किराती हुनुभएको छ भने द्वीतिय कुमामोतो निवासी मन्जुल मितेरी (बराइली) र तृतीयमा टोकियो निवासी सयपत्री थुलुङ हुनुभएको छ ।
प्रतियोगितामा प्रथम, द्वीतिय र तृतीयले क्रमश ५०,००० यन ३०,००० यन र २०,००० यन को साथमा प्रमाणपत्र प्रदान गरिएको छ भने उत्कृष्ट १० भित्र पर्नुहुने सबैलाई आयोजकले प्रमाणपत्र प्रदान गर्ने भएको छ ।
एनआरएन कान्साईले आफ्नो स्थापना कालदेखि हालसम्म भए गरेका गतिविधिको साथमा जापानवासी नेपालीहरुका लागि उपयोगी जानकारी तथा विविध बिषयलाई समेट्दै स्मारिका प्रकाशन गर्न लागेको समेत जानकारी दिइयो ।
उक्त स्मारिकामा प्रथम, द्वीतिय र तृतिय स्थान प्राप्त गर्ने कविता समेटिनुकासाथै सम्भव भएको खण्डमा उत्कृष्ट १० पनि समाबेश गरिने कविता प्रतियोगिताका संयोजक तथा स्मारिका प्रकाशन समिति प्रमुख समेत रहनुभएका नरेन्द्र बस्नेत (दिनेशले) जानकारी गराउनुभयो ।
प्रतियोगिताको विजेता घोषणापछि एनआरएन कान्साईका संयोजक कृष्ण शर्मा गैरेले पहिलोपटक गरिएको जापानब्यापी खुल्ला कविता प्रतियोगितालाई शुरुवाती चरणदेखि नै साथ, सल्लाह र सहयोग गर्ने अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल (माइला), अनेसास जापान महासचिव तथा कार्यक्रमका सहजकर्ता रविन शर्मा, अनेसास जापान, निर्णायकहरु, संचारकर्मी तथा सहभागी कवि लगायत सबैलाई को सहयोगले सफलतापुर्वक कार्यक्रम सम्पन्न गर्न सकेकोमा सबैलाई धन्यबाद व्यक्त गर्दै सहभागी सबै कवितालाई कुनै न कुनै माध्यमले सम्बोधन गरिने बताउनुभयो ।
त्यसै गरी प्रतियोगिताको परिकल्पनाकार समेत रहेका संस्थाका उपसंयोजक दिलिप शर्माले साहित्यिक क्षेत्रको यति ठूलो कार्यक्रम एनआरएन जापान कान्साई क्षेत्रीय समितीको पहिलो आयोजना भए पनि सबैको सहयोगले केही हदसम्म भए पनि सफल भएको बताउँदै भएका कमी कमजोरीलाई आगामी दिनमा सुधारेर अगाडि बढने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्