विश्व समाचार

बेलायतकी महारानीका पति राजकुमार फिलिपको ९९ वर्षमा निधन

बेलायतकी महारानी राजकुमार फिलिपको निधन भएको छ । बकिंघम दरबारले दिएको जानकारी अनुसार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान विन्डसर क्यासलमा निधन भएको हो ।

बकिङ्घम रादरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “गहिरो दुखका साथ रानीले उहाँका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको छ ।”

बिबिसिका अनुसार गत महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज हुनुभएको थियो । राजजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनाति-पनातिनी छन् ।

राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग एलिजाबेथले राजगद्दी सम्हाल्नु पाँच वर्ष अगाडि सन् १९४७ मा बिहे गर्नुभएको थियो ।

उहाँहरूका छोरा प्रीन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मनुभएको थियो । त्यसपछि उहाँकी बहिनी राजकुमारी एनी सन् १९५०मा, द ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए र द अर्ल अफ वेसेक्स प्रीन्स एडवार्ड सन् १९६४ मा जन्मेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.