राजनीति

टीआरसीसम्बन्धी विधेयकमा प्रारम्भिक छलफल सकारात्मक

सङ्क्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन ।

टीआरसीसम्बन्धी विधेयकमा प्रारम्भिक छलफल सकारात्मक

सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबारभएको छलफलमा सहमति जुट्न नसकेको हो ।

सङ्क्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको थियो ।

प्रमुख विपक्षी दलका नेता ओलीले टिआरसीलाई पहिले संसदीय समितिमा लैजानुपर्ने अडान राख्नुभएको थियो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, “सदनका काम कारबाहीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नै छलफल भयो, यो प्रारम्भिक छलफल हो, छलफल सकारात्मक छ, टीआरसीको विषयलाई समितिमार्फत लैजानुपर्ला ।”

प्रधानमन्त्री दाहालले द्रुतमार्गबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि विज्ञको सहायतामा बीचको बाटो खोज्ने प्रयास भइरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “खासगरी यो टीआरसीसम्बन्धी वियेयक, संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरणसम्वन्धी विधेयकलाई राष्ट्रको निम्ति जतिसक्दो चाँडो टुङ्ग्याउन जरुरी छ भन्ने विषयमा गम्भीर छलफल भयो, त्यसमा सहमति बनाउने भन्ने विषयमा सैद्धान्तिकरुपमा सहमत नै छौँ, तर यस्का केही प्राविधिक पक्ष पनि छन् ।” शीर्ष नेतृत्वमा सोही विषयमा चैत २८ गते पुनः छलफल हुने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.