राजनीति

दुई करोड मागेको अडियो सार्वजनिक भएलगत्तै रास्वपाद्वारा सांसद डा. श्रेष्ठ निलम्बित

राष्टिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसंग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि सो पार्टीले उहाँलाई निलम्बन गरी २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

आइतबार मात्र स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले साधारण सदस्य समेत नरहने गरी निलम्बिन गरी स्पष्टिकरण सोधेको हो ।

रास्वपाका महामन्त्री डा. मुकुल ढकालले डा. श्रेष्ठलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन र श्रेष्ठमाथि छानबिन गरी प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको पनि ढकालले बताउनुभयो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिइएको छ ।’

आफ्नोा अडियो बाहिरिएपछि सांसद डा. श्रेष्ठले सो आवाज आफ्नो नभएको र आफूलाई पार्टीका कुनै पनि पदाधिकारीले चन्दा माग्न नभनेको स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.