विश्व समाचार

अमेरिकाले सहायता नगरे युक्रेनले युद्ध हार्छ

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताउनुभएको छ ।

कांग्रेसमा रिपब्लिकनहरूले लामो समयदखि रुसको आक्रमणको प्रतिकार गरिरहेको युक्रेनका लागि महिनौँदेखि अर्बौं डलरको सैन्य सहायतामा रोक लगाएका छन् ।

“कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ”, किएभ–सङ्गठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड२४ को भिडियो बैठकमा जेलेन्स्कीले भन्नुभयो ।

उहाँले युक्रेन सहायताबिना ‘बस्न’ (जीवित रहन) ‘कठिन’ हुने बताउनुभयो । युक्रेनले युद्ध हार्यो भने अन्य राज्यहरूमा पनि हमला हुने उहाँले बताउनुभयो । युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ ।

दक्षिणी जापोरिज्जिया क्षेत्रको गुलियापोल सहरमा रुसी हमलामा तीन जनाको ज्यान गएको किएभले आइतबार बताएको छ ।

उक्त क्षेत्रका प्रमुख इभान फेडोरोभले सामाजिक सञ्जालमा भन्नुभयो, “रुसी गोलाको प्रहारबाट ध्वस्त भएको आफ्नै घरको भग्नावशेषले किचेर दुई पुरुष र एक महिलाको मृत्यु भयो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.