जल/वातावरण

काठमाडौंको वायु प्रदूषण विश्वभरमै तेस्रो स्थानमा

काठमाडौंको वायु प्रदूषण विश्वमै तेस्रो स्थानमा रहेको छ । विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई रहेको छ ।

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा सो कुरा उल्लेख गरिएको छ ।

काठमाण्डू उपत्यकासहित नेपालका विभिन्न भागमा वायु प्रदूषण बढेपछि मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सक तथा अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।

केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा आइतवार साँझ एकाएक उच्च तहमा पुगेको वायु गुणस्तर मापन गर्ने निकायहरूले जनाएका छन्।

वातावरण विभागका अनुसार आइतवार साँझ काठमाण्डू उपत्यकामा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०० पुगेको थियो। सोमवार अपराह्ण विभिन्न समयमा पनि राजधानीमा त्यस्तो सूचकाङ्क १०० भन्दा माथि पुगेको थियो।

नेपालमा एक्यूआई ४० भन्दा तल भएको अवस्थालाई सामान्य मान्ने गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ। नयाँदिल्लीको एक्युआई २४४ छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

अस्वस्थकर वायु हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने जनस्वास्थ्यविदहरु सुझाव दिन्छन् ।

वायु अस्वस्थ हुँदा आँखा, फोक्सो र छालामा असर पर्दछ । स्वासप्रश्वासका विरामी र बालबालिकाहरु जोखिममा पर्दछन् । त्यसैले त्यसबाट जोगिन सकेसम्म घरभित्रै बस्ने, घर बाहिर निस्किनै परे मास्क प्रयोग गर्ने, चस्मा लगाउने र पूरै शरीर ढाकिने कपडा लगाउनु राम्रो हुने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.