राजनीति

राजदूत नियुक्तिमा ‘कहीं नभएको जात्रा’

सरकारले गत बिहिबार २० देशका राजदूतहरुको सिफारिश गर्यो । सिफारिशहरुमध्ये १२ जना दलीय भागवण्डाबाट र ८ जना परराष्ट्र सेवाका रहेका छन् ।

राजदूत सिफारिशमा यसपटक ३३ प्रतिशतभन्दा बढी परराष्ट्र सेवाका कर्मचारी परे पनि राजनीतिक नियुक्तिका अनुहार र नेतासंगको सम्बन्धले भने आलोचना भैरहेको छ ।

राजदूतमा नियुक्त भएकाहरुको योग्यता, क्षमतामा प्रश्न गर्नु अहिले नै हतार हुन्छ । तर, जसरी उनीहरुको सिफारिश भएको छ र नेताका नातेदार, आफन्तहरुको सिफारिश जसरी भएका छ त्यो भने राजदूतलाई जागीर खुवाउने कुर्सीका रुपमा मात्र हेर्ने गरिएको स्पष्टै हुन्छ ।

अष्ट्रेलियाको राजदूतमा सिफारिस कैलाश पोखरेल सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका बहिनीज्वाइँ हुनुहुन्छ भने ऊर्जामन्त्री पम्फा भुसालका बहिनीज्वाइँ वासुदेव मिश्र माओवादी कोटाबाट श्रीलंकाका लागि राजदूत सिफारिस हुनुभएको छ ।

त्यस्तै अरू राजदूतमा पनि विभिन्न पार्टीका शीर्ष नेताले आफूनिकट मानिसलाई सिफारिस गरेका छन् । चीनका लागि सिफारिस भएका बिष्णुपुकार श्रेष्ठ माओवादी केन्द्रको पार्टी निर्वाचन आयोग प्रमुख हुनुहुन्छ ।

त्यस्तै दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस हुनुभएका वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष दानबहादुर तामाङ चार वर्षअघि माओवादी प्रवेश गर्नुभएको थियो ।

पार्टीका मान्छे मात्र हैन राजदूत सिफारिसमा पहुँचवालाले पनि ठाउँ पाएका छन् । तीमध्येकी एकस्पेनको राजदूतमा सिफारिस भएकी शर्मिला पराजुली ढकाल हुनुहुन्छ । म्यानपावर व्यवसायको पृष्ठभूमिकी पराजुलीलाई ओमानको कार्यकाल सकेर आएको ६ महिनापछि फेरि स्पेनको राजदूत सिफारिस गरिएको छ ।

सिफारिश गरिएका राजदूतहरुमा बिष्णुपुकार श्रेष्ठ– चीन, दानबहादुर तामाङ– दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल– स्पेन, वासुदेव मिश्र– श्रीलंका, मिलन तुलाधर– रूस, कैलाश पोखरेल– अस्ट्रेलिया, डिल्लीराज पौडेल– मलेसियाका लागि सिफारिश गरेको छ ।

त्यसै गरी शान्ता रिजाल– इजरायल, ज्योति प्याकुरेल– दक्षिण कोरिया, रामसुरज राय यादव– डेनमार्क, नवराज सुवेदी– साउदी अरब, नरेशविक्रम ढकाल– कतार रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.