जन सरोकार
झापामा चट्याङले लागेर महिलाको मृत्यु
हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर झापा गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ ।
![death-body](https://www.nepaljapan.com/wp-content/uploads/2018/12/death-body.jpg)
आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागी घाइते भएकी थापालाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्