जन सरोकार

शिवपुरीको डँढेलो निभाउन हेलिकोप्टरको प्रयोग : अपेक्षाकृत समयमै नियन्त्रणमा लिइयो

काठमाडौं उपत्यकाको वायु प्रदूषणमा कमी नआउँदै उपत्यकालाई घेरेर बसेको डाँडाको उत्तरी क्षेत्रको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भयो । मुलुकका अन्य क्षेत्रमा लागेको आगो निभाउन भएको ढिलासुस्ती जस्तो यसपटक भने हलिकोप्टरको प्रयोग गरी छिट्टै नियन्त्रणमा लिइयो ।

बुढानिलकण्ठ नगरपालिका २ तैलुङ जंगल क्षेत्रमा आइतबार बिहानदेखि लागेको डढेलो नियन्त्रणमा लिन नेपाली सेना सक्रिय रह्यो । दिउँसो जंगलको माथिल्लो भेगको डढेलो निभाउन हेलिकप्टरको पनि प्रयोग गरिएको थियो । हेलिकप्टरमार्फत् जंगलमा पटकपटक पानी छोडिएको थियो ।

डढेलो नियन्त्रणका लागि सेनाको महेन्द्रदल गणबाट ७६ जनाको अग्नी नियन्त्रक टोली र ३ वटा दमकलसहित खटिएको थिए । त्यस्तै डढेलो निभाउन सेना, प्रहरी, महानगरपालिका, निकुञ्ज कर्मचारी र स्थानीय खटिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.