जन सरोकार

११८ केजी चरेससहित तीन जना पक्राउ

११८ केजी अवैध लागूऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट अवैध लागूऔषध चरेस १ सय १८ केजी र अवैध लागूऔषध गाँजा ४ केजीसहित तीन जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर लागूऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.