जापानसूचना/प्रविधि

जापानमा एआईलाई व्यापकता दिन माइक्रोसफ्टले २.९ अर्ब डलर लगानी गर्ने

सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले जापानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई व्यापकता दिन २.९ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

माइक्रोसफ्टले सो परिमाणको लगानी आगामी दुई वर्षमा गर्ने बताएको छ । जापानमा माइक्रोसफ्टको यो सबैभन्दा ठूलो लगानी हुनेछ ।

योजना अनुसार जनरेटिव एआईका लागि महत्वपूर्ण डाटा केन्द्रको क्षमता बढाउने उद्देश्यले राजधानी टोकियो र ओशाकामा सुविधा बढाउन र ग्राफिक्स प्रशोधन लगायतमा उपयोग गरिनेछ ।

माइक्राोसफ्टटले टोकिकयोमा एक शोधेन्द्र स्थापना गर्ने योजना पनि बनाएको छ । यसको उद्देश्य उत्पादकत्वमा सुधा ल्याउँदै एआई रोबाटिक्सको माध्यमबाट जापानको सामाजिक आर्थिक मुद्दाहरुको समाधान गर्नु हुनेछ ।

कम्पनीले आगामी तीन वर्षभित्र एआई प्रतिभा बढाउन आगामी ३० लाख पूर्णकालीन र आंशिक कर्मचारीलाई प्रशिक्षित गर्ने लक्ष्य पनि लिएको छ ।

त्यस्तै कम्पनीले महिलाहरुका लागि एआई कुशलता कार्यक्रम अथवा एआई विकास गर्नेहरुका लागि व्यावसायिक प्रशिक्षण प्रदान गर्नेछ ।

माइक्रोसफ्टको यो योजनाका विषयमा अमेरिका भ्रमणमा रहनुभएका जापानी प्रधानमन्त्री फुमिओ किशिदासंग कम्पनीका अध्यक्ष ब्रेड स्मिथले मंगलबार भेटवार्ता चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.