न्यूयोर्कमा जे भयो टोकियोमा पनि त्यस्तै हुनसक्ने चेतावनी
कोरोना भाइरसको संक्राण्मलाई आर्थिक पक्षसंग जोडेर हेर्दा अमेरिकाको न्यूयोर्कले जस्तो नियतिको सामना गर्नुपर्ने त्यस्तै नियति राजधानी टोकियोले पनि गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी अमेरिकाका एक चिकित्सकहरुले दिएका छन् ।
जापानी मेडिकल सोसाइटी अमेरिकाका प्रमुख तथा न्यूयोर्क सिटीस्थित माउण्ड सिनाईका चिकित्सा विभागका प्रोफेस राबर्ट यानागिसावाले एकएचकेसंग कुरा गर्दै यस्तो चेतावनी दिनुभएको हो । उहाँले अनुसार टोकियोको अहिलेको स्थिति मार्च महिनाको सुरुवातमा न्यूयोर्ककै जस्तो भएकाले बेलैमा सचेत हुनुपर्ने चेतावनी दिनुभएको हो ।
यानागिसावा हुनुहुन्छ । साक्षात्कारमा उहाँले भन्नुभयो न्यूयोर्कमा कोरोना भाइरस संक्रमण बढ्दै गएको अवस्थामा पनि अस्पतालहरुमा आइसोलेसनको साटो रहेका खाली स्थानमा बिरामीका लागि बेड लगाइदिएका कारण अन्य बिरामीहरु समेत संक्रमित भएका हुन् ।
टोकियो र न्यूयोर्क जनघनत्वका हिसाबले समान रहेका कारण त्यहाँ जे भयो टोकियोमा पनि त्यस्तै हुनसक्छ । त्यसो त टोकियो महानगर सरकारले अस्पतालहरुका बेड खाली गर्र्ने उद्देश्यले कोरोनाको लक्षण नभएका र सामान्य लक्षण देखिएका बिरामीहरुलाई होटलमा स्थानान्तरण गर्न सुरु गरेको छ । यसमा पनि उहाँले सचेत रहन सुझाव दिनुभएको छ ।
यागागिसावाका अनुसार सरकारले होटल कर्मचारीका लागि कोरोना भाइरस संक्रमणबाट बच्न एउटा नियम पुस्तिका तयार गर्नुपर्दछ । त्यस्तै बिरामीहरुको निगरानीका लागि अनलाइन भिडियो प्रणालीको सुरुवात गर्नुपर्छ ।