राजनीति

ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरे : नेपाल

नेकपा (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाउँदै पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले सो कुरा बताउनुभएको हो । त्यस क्रममा उहाँले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताउनुभएको छ ।

“पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ”, नेता नेपालले भन्नुभयो । देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिष्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा सङ्कट बढ्दै गएको उहाँको भनाइ थियो ।

भेलामा पार्टीका उप–महासचिव घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.