जन सरोकार

फोहरले छोपिएको अवस्थामा भेटियो ऐतिहासिक सम्पदा

दैलेखमा १६६ वर्ष पुरानो शिलापत्र भेटिएको छ । गत हप्ता दैलेख सदरमुकामस्थित विष्णुहिटी धर्मशाला पाटी र शिलापत्र सफाई गर्दा १६६ वर्ष पुरानो रहेको पत्ता लागेको हो ।

पुरातात्विक सम्पदाका रुपमा रहेको यो हिटी फोहरमैला विसर्जन गर्ने स्थलका रुपमामा रहेकोमा गत हप्ता सफाइपछि यसको मुहार फेरिएको छ । आज मंगलबार पुनः सफा गरेपछि यसको ऐतिहासिकता पत्ता लागेको अभियन्ता चक्रबहादुर चन्दले बताउनुभयो ।

यो शिलापत्र वि.स.१९१२ मा लेखिएको हो । शिलापत्रकै आधारमा सो हिटी पनि त्यति नै वर्ष पुरानो रहेको स्वतः अनुमान लगाउन सकिन्छ ।

चन्दका अनुसार स्थानियलाई समेत बिष्णुहिटी धर्मशाला पाटीबारे थाहा नभएको बताए पनि शिलापत्रले यसको उजागर गरेको छ । इतिहासका तथ्यबारे सबैले थाहा पाउन जरुरी रहेको र यसको थप अनुसन्धान हुनुपर्छ ।

वाग्मती सफाई अभियानसंगै आफ्नो गृहजिल्ला दैलेख सफाई अभियानमा होमिनुभएका चन्दले देशका विभिन्न क्षेत्रमा रहेका किसिमका ऐतिहासिक तथ्यलाई संरक्षण गर्न जरुरी रहेको बताउँदै सफाई अभियानमा साथ दिन पञ्चजोशी युवा प्रतिष्ठान टीम, योगेन्द्र सिग्देल पूजा थापा लगायत टीमलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.