प्रबास

बेलायतमा पुस्तक विमोचन र पुरस्कार अर्पण गरी मनाइयो नयाँ वर्ष

बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेद्वारा नेपाली नया वर्ष २०८० सालको अवसर पारेर पुस्तक विमोचन र पुरस्कार वितरण तथा विविध साहित्यिक कार्यक्रमका साथ भव्यरूपमा मनाएको छ ।

वेस्ट लन्डन ,एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा पुरस्कार, पदक शुसोभन गर्नुहुँदै समारोहका नेपाली दूताबास बेलायतको उपनियोग प्रमुख श्रीमती रोशन खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा उहाँले नेपाली साहित्यलाई विदेशको भूमिमा फैलाउन दशकौँदेखि अथक परिश्रम गर्नुहुने परिषद्का पदाधिकारी र सर्जकहरूको योगदान गहन रहेको चर्चा गर्नुका साथै नेपाली भाषा, साहित्यको विकासमा नेपाली साहित्य विकास परिषद्को विशिष्ट योगदान र इतिहास रहेकोचर्चा गर्नु भयो ।

उहाँले परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्लको नेवारी भाषामा प्रकाशित कवितासङ्ग्रह “सफूतयगु सफू”  पुस्तकभित्र समेटिएका कविताहरूले नेपाली साहित्यको समृद्धि र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।

समारोहमा सम्वोधन गर्नुहुँदै परिषद्का प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी डा. राघवप्रसाद धितालले नेपाली साहित्य विकास परिषद् युकेले बेलायती माटोमा नेपाली पहिचान फलाउने फुलाउने सराहनीय काम गरेको छ भन्नुभयो ।

अर्का वक्ता यती नेपाली एसोसिएसन युकेकी अध्यक्ष तथा परिषद्की पूर्व वरिष्ठ कोषाध्यक्ष कवयित्री समाजसेवी पिपला पाण्डे देवानले सम्मानित हुनुहुने सर्जक, कलाकार र साहित्यसेवीहरूको योगदान नेपाली भाषा साहित्यको श्रीबृद्धि गर्नमा अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

सभापतिको आसनबाट बोल्नुहुँदै विमोचित पुस्तकका लेखक परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपालका विविध जनजिब्रोले वोलिने राष्ट्र भाषा लगायत अन्य अन्तराष्ट्रिय भाषाहरूमा नेपाली साहित्यका कृतिहरू रूपान्तरण गरी प्रकाशित गर्ने परिषद्को दीर्घकालीन लक्ष अनुरूप विमोचित पुस्तक नेपाल भाषामा प्रकाशन गरिएको जानकारी दिनुभयो ।

यस अघि स्वागत मन्तव्य राख्नुहुँदै परिषद्का सहअध्यक्ष तथा यती नेपाली एसोसिएसन युके का निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले नेपाली भाषा, साहित्य र संस्कृतिको समृद्धिमा नेपाली साहित्य विकास परिषद्को गहन र प्रेरणामूलक योगदान रहेको चर्चा गर्नुहुँदै आजको समारोहमा पुस्तक प्रकाशित गर्नुहुने सर्जक र पुरस्कारबाट सम्मानित हुनुहुने व्यक्तित्वहरू नेपाललाई छातिभित्र बोकेर नेपाली पहिचान फैलाउनसमाजमा लागिपर्ने विशिष्ट समाजसेवीहरू रहेको चर्चा गर्नुभयो ।

समारोहमा विमोचित कविता सङ्ग्रह र पुरस्कृत व्यक्तित्वहरू माथि परिषद्का संस्थापकतथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार कवि सुरेशजङ्ग शाहले प्रकाश पार्नु भएको थियो भने विमोचित पुस्तक भित्रका नेपाल भाषाका कविताहरूको संक्षेपिकरण उल्था परिषद्का पूर्व अध्यक्ष तथाबिबिसी वेपाली सेवाका पूर्व संचालक वरिष्ठ पत्रकार कवि खगेन्द्र नेपालीले गर्नु भएको थियो ।

यसअघि कार्यक्रमको सञ्चालन गर्नुहुँदै परिषद्की सह(अध्यक्ष कवयित्री डा।सुधा श्रेष्ठलेसदाझै नेपाली साहित्य विकास परिषद्ले साहित्य, सङ्गीत, पुरस्कार सम्मान, पुस्तक विमोचन र कविता वाचनसमेतको संयोजन गरेर नेपाली नया वर्ष २०८० सालको सुभागमनको शुभकामना साहित्य र सङ्गीतकोमाहोलमा एकआपसमा उल्लासपूर्ण बाँढ्न आजको कार्यक्रम आयोजना गरिएको चर्चा गर्नुभयो ।

समारोहमा विगत तीन दशक भन्दा बढी समयदेखि बेलायतमा नेपाली भाषासाहित्यको समृद्धिमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका र बेलायतमा एभरेष्ट नेपाली रेडियो स्थापना गरी सञ्चालन गर्नुका साथै नेपाली टिभिको प्रसारण गरी नेपाली सञ्चारलाई बेलायती भूमिमा फैलाएर गहन योगदान पुर्याउने सञ्चारकर्मी पत्रकार, वरिष्ठ समाजसेवी, परिषद्का सल्लाहकार विजय थापा, कोसेली नेपाली सांस्कृतिक परिवार युकेका पूर्व वाद्यवादन विभाग प्रमुख वरिष्ठ कलाकार डम्वर सुब्बालाई सम्मानन गरिएको थियो ।

सोही समारोहमा प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनालले नेपालबाट नइ प्रकाशनको रजतमहोत्सवका अवसरमा बेलायतका सर्जक परिषद्कि सहअध्यक्ष कवयित्री डा।सुधा श्रेष्ठलाई पुरस्कार सम्मानप्रदान गरिएको ुनइ रजत महोत्सव पदक पुरस्कारु शुसोभन गराउनु भएको थियो ।

समारोहको दोस्रो चरणमा गीतसङ्गीत प्रस्तुत र कविता वाचन गरिएका थिए । गीत सङ्गीत प्रस्तुत गर्नुहुने कलाकारहरूमा कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, वसन्त रायक्षेत्री, प्रमोद शर्मा र मनोज अन्जान हुनुहुन्थ्यो भने कविता वाचन गर्ने कविहरूमा वसन्त रायक्षेत्री, वासुदेव साप्कोटा, ध्रुवकेसी, रेशम अर्याल, मनोज अन्जान, रूकमणी मानन्धर, डा. सुधा श्रेष्ठ, कोमलप्रसाद श्रेष्ठ मल्ल, खगेन्द्र नेपालीर सुरेशजङग शाह हुनुहुन्थ्यो । अमेरिकाबाट वाचनका लागि कविता पठाउने वरिष्ठ साहित्यकार गंगालिगलको कविता पनि वाचन गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.