समाचार

जब पैसामै भाइरसको भण्डार हुन्छ भने….

२५ वर्षभित्र प्रतिव्यक्ति आय १२,५०० अमेरिकी डलर पुर्‍याउने लक्ष्य

२५ वर्षभित्र प्रतिव्यक्ति आय १२,५०० अमेरिकी डलर पुर्‍याउने लक्ष्य

कोरोना संक्रमणको सुरुवाति दिनहरुमा जसरी लापरवाही गरियो, जसरी जात, क्षेत्र र भेगलाई तोकेर बेवास्ता गरियो त्यसको फल आज दुनियाँले भोगिरहेको छ । कोरोनाले महामारी फैलाउनसक्छ भन्नेहरु आज सहीसावित भएका छन् र उनीहरुले यसबाट बच्न अपनाउनुपर्ने उपायहरु जेजति भनेका थिए ती नै अहिले विश्वले लागू गरिरहेको छ तर धेरै ढिला ।

कोरोना भाइरस कसरी प्रसार हुन्छ भन्ने पछिल्लो अध्ययनले पैसालाई पनि प्रमुख कारक मानेको छ । यसमा पनि पैसा प्रमुख कारण रहेको पछिल्लो अध्ययनले पुष्टि गरिसकेको छ । हुन त कोरोना संक्रमण विस्तारै सल्कन थालेदेखि नै पैसामा भाइरस बोक्ने क्षमता हुन्छ र यसमा अरु वस्तुमाभन्दा बढी भाइरस हुन्छन् भन्ने प्रमाणित दशक अघि नै गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमण प्रसार हुनुमा पैसाको पन िठूलो हात रहेको बताउन थालिएपछि थप चिन्ता बढेको छ ।

चिकित्सकहरूले कुनै पैसामा कुनै पनि भाइरसका जीवाणु करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका बेला संसारभर साटासाट हुने पैसालाई कसरी भाइरसमुक्त राख्ने भन्ने चुनौति थपिएको छ किनभने पैसा एक व्यक्तिबाट सयौं व्यक्तिको हातमा क्षणभरमै पुग्छ ।

पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु जस्तै– भाइरस, ब्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैङ्कबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए । अध्ययन अनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।

कोरोना भाइरसले विश्वव्यापी रूपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ । न्युयोर्क युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार पैसामा पनि ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ ।

पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।

विभिन्न किसिमका प्राणघातक सरुवा रोगको ब्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ । अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेसनल’ले प्रमाणित गरिसकेको छ । हेपाटाइटिस सीको स्रोतका रूपमा कोकेनलाई लिइन्छ । यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ । मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रममा पाइएको थियो ।

पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ?

विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाको फैलावट हुने इन्जिनियर राम बाडे बताउनुहुन्छ । पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी ब्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ । उहाँले भन्नुभयो, “दैनिक रूपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै हो ।”

“जति बढी पैसाको प्रयोग आउँछ, उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ,” उहाँले भन्नुभयो । दैनिक रूपमा प्रयोगमा आएका पैसामा मानिसको थुक, दिसापिसाब, खोकी तथा हाच्छ्यूँ आदिबाट समेत दूषित हुन्छ । नेपाली पैसाको प्रदूषण स्तर जाँच गर्दा प्रस्टै देखिने उहाँको भनाइ छ ।

कसरी कीटाणुनाशक बनाउने ?

पैसामा भएको ब्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उहाँको भनाइ छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट सहज रूपमा कीटाणुनाशक बनाउन सकिन्छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथड’बाट पैसालाई कीटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएको उहाँ बताउनुहुन्छ ।

अमेरिका, कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स लगायत कतिपय मुलुकका बैङ्क तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक ब्याक्टेरिया तथा भाइरसको कीटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन् ।

नेपाली पैसामा के कस्ता प्राणघातक रोगको सूक्ष्म जीव छन् भनी अध्ययन अनुसन्धान गर्नु अपरिहार्य भइसकेको उहाँको भनाइ छ । “यस्तो प्राणघातक रोगबाट बच्ने के कस्तो उपाय छन् ? सोसम्बन्धी कीटाणुनाशक उपकरण लगाउने र जनचेतना जगाउने खालका कार्यक्रम ल्याउन जरुरी भइसकेको छ,” उहाँले भन्नुभयो । पैसालाई कीटाणुनाशक बनाउन उपकरण प्रयोग गर्ने र पैसा प्रयोग गरिसकेपछि साबुनपानीले राम्रोसँग हात धुने गर्नुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.