भारी मनले नयाँ वर्षको शुभकामना दिनुपरेको छ : प्रधानमन्त्री ओली (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको नयाँ वर्षको उल्लासमय क्षणलाई अघिल्ला वर्षहरुमा जस्तो उमंगका साथ स्वागत गर्न नसकेको र भारी मनले शुभकामना दिनुपरेको बताउनुभएको छ ।
नयाँ वर्ष २०७७ को अवसरमा भिडियो मार्फत शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीको यो क्षणमा नयाँ वर्षको अवसरमा अहिले विकासको चर्चा गरिरहेको हुने थियो, नेपाल भ्रमणको उल्लासमय वातावरण हुने थियो तर कोरोना भाइरस संक्रमणले यो सबै ओझेलमा पारेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं भन्दै सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको शुभकामना सन्देश भिडियोमा
प्रतिक्रिया राख्नुहोस्