खेलजापानफूटबल

कर्णाली चिनाउँन जापानमा ‘रारा गोल्डकप’

खेलकुदका माध्ययमबाट कर्णाली प्रदेशको पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ कर्णालीका प्रवाशी युवाहरुले जापानमा प्रथम ‘रारा गोल्डकप’ फुटसल प्रतियोगता आयोजना गर्ने भएका छन् ।

कर्णाली जन्म थलोभई जापानलाई कर्म थलो बनाएका कर्णालीका युवाहरूको सामुहिक प्रयासमा प्रतियोगीता सञ्चालन हुने भएको हो ।

स्थापनाकालदेखि नैे सामाजिक कार्यमा संलग्न हुँदै आएको युवाहरुको संगठन कर्णाली प्रदेश समाज जापानले प्रतियोगीताको आयोजना गर्ने भएको हो ।

प्राकृतिक सम्पदाको यथोचित प्रचार–प्रसार गरी समग्र कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ प्रतियोगिताको आयोजना हुन लागेको समाजका अध्यक्ष कृष्ण शाहीले नेपालजापान डट कमलाई जानकारी दिनुभयो ।

शाहीले भने, ‘भौगोलिक हिसाबले ठुलो र विकट रहेको कर्णाली प्राकृतिक सम्पदाले भरिपूर्ण छ, तर प्रचार प्रसारको अभावले अझैपनि विकासमा पछाडि परेको छ । कर्णालीलाई खेलकुदका माध्ययमबाट विश्वमाझ चिनाउँने उद्देश्यले नै प्रतियोगीताको आयोजना गरेका हौं ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.