जन सरोकार
पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त
सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । उमेर हदका कारण केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल रहे पनि सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।
उद्यपि उमेर हदका कारण केसी र एआईजी पौडेल दुबैले १९ वैशाखमा अवकास पाउने भएकाले त्यसपछि फेरि नयाँ चयन गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्