राजनीति

एमाले र राप्रपा नेपाल एउटै चुनावचिन्हमा, नेपाल परिवारदलसंग तालमेल

वैशाख २० गते हुने स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच चुनावी गठबन्धन भएको छ ।

दुई पार्टीबीच एउटै चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी सहमति भएको छ । सहमतिपत्रमा बुधबार एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच ५ बुँदे सहमतिपत्र आदानप्रदान भएको हो ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । राप्रपा नेपालका उम्मेदवारहरुले सूर्य चिन्ह लिएर विजयी भए पनि उनीहरु राप्रपा नेपालमै आबद्ध हुनेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

यसै गरी नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ । एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.