साहित्य

गोकर्णेश्वमा राष्ट्रव्यापी प्रतियोगितात्मक गजल महोत्सव

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुल्ला प्रतियोगितात्मक वृहत गजल वाचन तथा गायन महोत्सव आयोजना गर्ने भएको छ ।

२०८० वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थत आरुबारी ब्याङ्क्वेटमा आयोजना हुने महोत्सवमा सहभागी हुन चाहने गजलकारहरुले वैशाख १५ गतेभित्र गोकर्णेश्वर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा कार्यालय जोरपाटीमा कार्यालय समयमा गजल दर्ता गराउनुपर्नेछ ।

रचनाहरु शिक्षा शाखाको इमेल ठेगाना gokarneshwor.shikshya2019@gmail.com मा पनि पठाउन सकिनेछ भने आवश्यक जानकारीका लागि फोन नं. ०१–४९१२१४० मा सम्पर्क गर्न सकिनेछ ।

प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरुको वाचन तथा गायनमा छनोट गरिनेछ । प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद रु ६० हजार पुरस्कार प्रदान गरिनेछ भने द्वितीयलाई ४० र तृतीयलाई ३० हजार रुपैयाँ तथा पाँचजनालाई सान्त्वना पुरस्कार स्वरुप जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

यसै गरी महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगिका रुपमा विशिष्ठ गजलकारहरुको उत्कृष्ट प्रस्तुति पनि रहनेछ ।

महोत्सवलाई सफल र भव्य रुपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । संचालक समितिका सदस्यहरुमा साहित्यकार तथा वरिष्ठ पत्रकार विजय चालिसे, बाजुरामप्रसाद पौड्याल, कृष्णप्रसाद पौड्याल, वसन्त रिजाल, रामकुमार पण्डित, विन्दा खतिवडा, शान्ति रिसाल र सदस्यसचिवका रुपमा टेकेन्द्रप्रसाद ढकाल रहनुभएको छ ।

यसै गरी महोत्सवलाई व्यापक रुपमा प्रचारप्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा निर्मल अर्याल, अच्यूत घिमिरे ‘बुलबुल’, सुदिप ढुंगाना, यादब देवकोटा, पुरुषोत्तम घिमिरे र सरिता शर्मा सदस्यसचिवका रुपमा रहनुभएको छ ।

चैत्र २२ गते नगरप्रमुख दिपक कुमार रिसालको उपस्थितिमा बसेको बैठकले गजल महोत्सव गर्ने निर्णय गर्दै संचालक समिति गठन गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.