राजनीति

निषेधाज्ञा हटाउने, प्रदर्शनका क्रममा तोडफोड भए आयोजकबाट भराउने

गृहमन्त्रालयले काठमाडौंका विभिन्न स्थानमा जारी गरेको निषेधाज्ञा क्रमशः हटाउँदै जाने भएको छ । यस क्रममा माइतीघरदेखि वानेश्वरसम्मको निषेधाज्ञा हटाइएको छ ।

शुक्रबार बसेको सुरक्षा समितिको बैठकले नयाँ वर्ष १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर)सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेलगत्तै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको हो ।

सुरक्षा समितिको बैठकमा उपप्रधान तथा गहृमन्त्री रवि लामिछानेले निषेधाज्ञा हटाएसँगै आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति ताडफोड भए आयोजकबाट क्षतिपूर्ति भराउने निर्णय गर्नुभएको छ ।

बैठकपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको बताउँदै सो क्रममा सरकारी एवं सार्वजनिक सम्पत्ति र व्यक्तिगत हानी नोक्सानी पुर्‍याए स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने जनाएको छ ।

स्थानीय प्रशासन ऐनमा सार्वजनिक वा व्यक्तिगत सवारी, घर वा सम्पत्ति तोडफोड, आगजनी वा लुटपाट गरी क्षति पुर्‍याए प्रमुख जिल्ला अधिकारीले कसूर हेरी १० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय र हानी नोक्सानीको बिगो असुल गरी बिगो बराबर जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.