क्रिकेटखेल

आइपिएलमा दिल्लीको दोस्रो जित, लखनउ ६ विकेटले पराजित 

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले दोस्रो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

आइपिएल

जारी सिजनमा लखनउको भने यो पाँचौ खेलमा दोस्रो हार हो । लखनउको इकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । लखनउका लागि आयुस बडोनीले ५५ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले ३९ रन बनाए । त्यस्तै, अर्सद खानले २० रन जोड्दा क्विन्टन डिककले १९ र दीपक होडाले १० रन बनाए ।

दिल्लीको लागि कुलदीप यादवले ३ विकेट लिए भने खलिल यादवले २ विकेट लिँदा इशान्त शर्मा र मुकेश कुमारले समान १-१ विकेट लिए । दिल्लीले उक्त लक्ष्य १८.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍याे । दिल्लीको लागि ज्याक फ्रेसर म्यागुर्कले आइपिएल डेब्युमानै ५५ रनको अर्धशतकीय पारी खेले भने कप्तान ऋषभ पन्तले ४१ रन बनाउँदा पृथ्वी साले ३२ रन जोडे । त्यस्तै त्रिस्टन स्टब्सले १५ र साइ होप ११ रनमा अविजित रहे ।

लखनउको लागि रवि बिश्नोईले २ विकेट लिए भने नभिन उल हक र यश ठाकुरले समान १-१ विकेट लिए । प्रतियोगिता अन्तर्गत आज पञ्जाव किंग्स र राजस्थान रोयल्स नेपाली समय अनुसार राति ७:४५ बजे प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.