राजनीति

उपप्रधानमन्त्री लामिछानेले बाँडे चालक र यात्रुलाई मिठाई

नयाँ वर्षकै अवसरमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सडकबाट वर्षको सुरुआत गर्नुभएको छ । उहाँले आज बिहान थापाथलीस्थित चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गर्नुभयो ।

सो अवसरमा उहाँले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न निर्देशन दिनुभएको थियो ।

‘हामी अत्यन्त धेरै प्रतिबद्धताका साथ केही नयाँ चिजहरू नयाँ वर्षसँग गर्न लागिरहेका छौं । त्यसको लागि आफ्नो परिवारसँगै नयाँ वर्ष मनाऔं भन्नका लागि आएका हौं,’ गृहमन्त्री लामिछानेले पत्रकारहरूसँग भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.