जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । मोरङ, ग्रामथान गाउँपालिका-६ बस्ने ६० वर्षीय बेदलु माझी सोही ठाउँस्थित आफ्नै खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै दाङ, शान्तिनगर गाउँपालिका-२ छोटे बस्ने ७२ वर्षीया हस्तकला घर्ती सोही ठाउँस्थित अमुवा खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै इलाम, इलाम नगरपालिका-९ शेरास्थित सिंहबाहिनी खोल्सामा सोही नगरपालिका-७ बस्ने पाँचथर मिक्कालुङ गाउँपालिका-४ घर भएका ५५ वर्षीय भुवानी राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता बाँके, राप्तिसोनारी गाउँपालिका-८ पेडारी बस्ने ५८ वर्षीय प्रेम बिक आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-२ मथारस्थित कुनाटार जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.