विश्व समाचार

भारतमा मे ३ सम्म लकडाउन- 'हटस्पट' पहिचान गरेर सतर्कता अपनाउन प्रधानमन्त्री मोदीको जोड

मोदी

मोदी

भारतमा आउँदो मे ३ सम्म लकडाउन थपेको छ । यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार (१५ अप्रिल)मा सकिँदैछ ।

लडडाउन सकिनु अघिल्लो दिन टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सबैको सुझावलाई ध्यानमा राखेर लकडाउनलाई ३ मार्चसम्म बढाउने निर्णयमा पुगेको बताउनुभएको हो ।

सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनका कारण भारत अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई टार्न सफल भएको बताउँदै भन्नुभयो मलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो भएको छ । कसैलाई खाने त कसैलाई आउजाउ गर्ने समस्या छ । तर तपाईहरुले अनुशासित सिपाहीले जसरी देशको कर्तव्य निभाइरहनु भएको छ ।

मोदीले लकडाउन आर्थिक दृष्टिकोणमा निकै महंगो भए पनि जनताको जीवनका अगाडि यो ठूलो होइन भन्दै सामाजिक दुरी र लकडाउनले निकै लाभ मिलेको र कोरोनालाई नयाँ क्षेत्रमा फैलिन नदिन हटस्पट पहिचान गरेर सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभयो जुन क्षेत्र हटस्पट बन्ने आशंका छ, त्यहाँ कठोर कदम चाल्नुपर्छ । आगामी एक साता लकडाउनमा कठोरता अझ बढ्ने छ । जुन क्षेत्रमा आशंका कम हुन्छ, त्यो क्षेत्रहरुमा ३० अप्रिलपछि शर्तसहित केही छुट दिइनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.