राजनीति
वैशाख १५ गतेसम्म लक डाउन लम्ब्याउने सरकारको निर्णय
कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएसंगै सरकारले जारी लक डाउनलाई बढाउँदै जाने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।
मंगलबार मात्रै काठमाडौंको पेप्सीकोलास्थि सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार कैलालीमा एक ६५ वर्षीया वृद्ध संक्रमित भएको पत्ता लागेको थियो ।
यस्तो स्थितिमा भोलि (वैशाख ३) गते लक डाउनको अवधि सकिनु एकदिन अघि सरकारले वैशाख १५ गतेसम्मलाई बढाएको हो । यसै गरी मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो ।