विश्व समाचार

कोरोनाबाट एक लाख १९ हजार भन्दा बढीको मृत्यु नेपालसहित तीन दर्जन देशमा मृत्यु शून्य

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १ लाख १९ हजार ७ सय २४ को मृत्यु भएको छ भने १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । त्यस्तै कोरोना संक्रमण भेटिएका नेपाल लगायत तीन दर्शन देशमा भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएको छैन ।

पछिल्लो अपडेट अनुसार कोरोना संक्रमित भएकामध्ये ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । मंगलबार दिउँसोसम्मको तत्थ्यांक अनुसार अमेरिकामा ५ लाख ८७ हजार १ सय ७३ जना संक्रमित भएका छन् भने २३ हना ६ सय ४४ जनाको मृत्यु र ३६ हजार ९ सय ४८ जना निको भएर फर्केका छन् । त्यस्तै स्पेनमा १७ हजारभन्दा बढीको मृत्यृ, १ लाख ७१ हजार संक्रमित र ६४ हजार ७ सय निको भएका छन् ।

इटालीमा २० हजारभन्दा बढीको मृत्यु भएको छ भने १२ लाख ५९ हजार संक्रमित र ३५ हजार निको भएर फर्केका छन् भने फ्रान्समा १४ हजार ९ सयको मृत्य, १ लाख ३६ हजार संक्रमित र २७ हजार निको भएर फर्केका छन् ।

उता संयुक्त राष्ट्र संघमा औपचारिक रुपमा दर्ता भएका १९५ देशहरु मध्ये करिब ३० वटा देशहरुमा कोरोना संक्रमण पुष्टि भए पनि अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । ती देशहरुमा संक्रमितहरु बढिरहे पनि पूर्ण रुपमा उपचार भएका व्यक्ति भने न्यून रहेको पाइएको छ ।

दक्षिण एसिया
दक्षिण एशियाली सहयोग संगठन सार्क मुलुकमा आवद्ध आठ देशमध्ये तीन देशमा अहिलेसम्म कुनै संक्रमितको ज्यान गएको छैन । त्यसमा नेपाल, भूटान र माल्दिभ्स रहेका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मंगलबार मध्यान्नसम्म संक्रमितको संख्या १४, पूर्ण रुपमा उपचार भएको एकजना उल्लेख गरिएको छ । मृतकको सूची शुन्य छ । त्यसैगरी, छिमेकी देश भूटानमा संक्रमित पाँचजना मध्ये दुईजनाको पूर्ण उपचार भइसकेको छ । माल्दिभ्समा २० जनालाई संक्रमण भएको छ भने १४ जना उपचारपछि घर फर्किसकेका छन् ।

चीनका छिमेकी देश पनि सुरक्षित
चीनको उत्तरी छिमेकी देश मंगोलियामा १७ जनालाई संक्रमण र चार जनाको उपचार भइसकेको छ । चीनको दक्षिणपूर्वी छिमेकी देश भियतनामा २६२ जनालाई संक्रमण भएकोमा १४५ जनाको पूर्ण उपचार भएको छ । चीनको अर्काे दक्षिणपूर्वी छिमेकी देश लाओसमा १९ जनालाई संक्रमण भएको छ ।

त्यसैगरी, कम्बोडियामा १२२ जनालाई संक्रमण देखिएकोमा २५ जनालाई निको भइसकेको छ । फिजीमा १६, यमनमा एक, इष्ट टिमोरमा ४, पपुआ न्यूगिनीमा २ जनाको भाइरसबाट संक्रमण भएको छ ।

अफ्रिका केही सुरक्षित
कोभिड – १९ बाट अफ्रिकी देशमा संक्रमण बढेको छैन । टापू देश मडागास्करमा १०६ जनालाई संक्रमण भए पनि २० जनालाई निको भइसकेको छ । रुवान्डामा संक्रमण १२६, निको २५, युगान्डामा संक्रमण ५४, निको ४, मोजाम्बिकमा संक्रमण २१, निको दुई, चाडमा १८ विरामी पर्दा दुईजना निको भएका छन् ।

त्यसैगरी, गुइनामा २५०मा संक्रमण भएर १७ जनाको घर फर्किसकेका छन् । नामिबियामा १० जनाको संक्रमण हुँदा तीनको पूर्ण उपचार, गुइनाओ बिसाउमा ३८,इरिट्रियामा ३४, सियरा लिओनमा दशलाई संक्रमण, बुरुण्डीमा पाँच र दक्षिणी सुडानमा चारजनालाई संक्रमण भएको छ ।

संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटी
उता महामारीको केन्द्रविन्दु भएको युरोपको इटालीले चारैतिर घेरेको संसारकै सानो देश भ्याटिकन सिटीमा ८ लाई संक्रमण भएर दुईजना पूर्णरुपमा स्वस्थ भएका छन् ।

क्यारेबियन देश
क्यारेबियन देश डोमिनिका गणतन्त्रमा १६ लाई संक्रमण हुँदा ८ जनालाई सन्चो भएको छ ।

दक्षिण अमेरिका
फ्रेन्च गुइनामा ८६ जनालाई संक्रमण भएकोमा ५१ जनालाई निको भएकाे खबर छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.