काभ्रेमा भारत र दुबईबाट आएका दुईजनाको एन्डिबडी नतिजा पोजेटिभ

गत चैत्र ७ गते दुबईबाट र ८ गते भातबाट काभ्रेपलाञ्चोक आएका दुईजनाको र्यापिड टेस्ट गर्दा एन्डिबडी नतिजा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएपछि ती युवकलाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ ।
समाचार अनुसार चैत ८ गते भारतबाट आएका बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवकमा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको वडा नम्बर ५ का वडाध्यक्ष खजेन्चीबहादुर लामाले जानकारी दिनुभएको छ ।
लामाका अनुसार युवक भारतको गोवाबाट गत चैत ८ गते तीन जना साथीसँग घर आएका थिए । उनका दुईजना साथीको नतिजा भने नेगेटिभ आएको छ भने परिवारको सदस्यको पनि परीक्षण भइरहेको छ ।
त्यस्तै गत चैत ७ गते दुबईबाट आएका काभ्रेको मण्डनदेउपुर नगरपालिकाका २१ वर्षीय युवकमा पनि र्यापिड टेस्ट गर्दा पोजेटिभ हो कि भन्ने अन्यौल भएपछि धुलिखेल अस्पताल पठाइएको छ । टेष्टमा नतिजा प्रष्ट पोजेटिभ हो कि भन्ने भयो। त्यसैले थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको हो ।
युवक दुबईबाट आएर दुई दिन घरमै बसेका थिए । त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो । उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्