राजनीति

वर्ष २०७७ निरर्थक भएन, नयाँ वर्ष पनि चुनौतिपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ ।

नयाँ वर्ष २०७८ को पहिलो दिन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताउनभयो ।

सम्बोधन क्रममा उहाँले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।

उनले सबै कुराभन्दा जनताको जीवन पहिलो भएको उल्लेख गर्दै ‘नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन । उद्योग र विद्यालय केही समय बन्द भए केही समयमै पुनसञ्चालन गर्न सकिन्छ तर नागरिकको जीवन गए पुनः ल्याउन सकिंदैन’ भन्नुभएको छ ।

आफूहरूको सही नीतिकै कारण कोरोनाबाट तुलनात्मक रूपमा नेपालमा कम क्षति भएको प्रधानमन्त्री ओलीको दाबी छ। कृषि उपजमा वृद्धिदर राम्रो रहेको बताउँदै व्यापार घाटा संतुलनतर्फ फर्काउने प्रयास जारी रहेको उनले बताए। गत वर्ष सफलताको वर्ष भएको दावी प्रधानमन्त्री ओलीको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.