क्रिकेटखेल

आइपिएलमा राजस्थानको पाँचौं जित, पञ्जाव ३ विकेटले पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले पाँचौं जित हासिल गरेको छ । शनिबार भएको खेलमा राजस्थानले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गर्दै राजस्थानले प्रतियोगितामा पाँचौं जित हासिल गरेको हो ।

आइपिएलमा राजस्थानको पाँचौं जित, पञ्जाव ३ विकेटले पराजित  

पञ्जावको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाएको थियो । पञ्जावका लागि आशुतोष शर्माले ३१ रन बनाए भने लियम लिभिङस्टोनले २१ रन जोडे । त्यस्तै जितेश शर्माले २९ रन बनाउँदा अथर्व टेइडले  र जोनी ब्यारिस्टोले समान १५-१५ रन बनाएका थिए ।

राजस्थानका आभेस खान र केशव महाराजले समान २-२ विकेट लिँदा ट्रेन्ट बोल्ट, कुल्दीप सेन र युजवेन्द्र चाहलले समान १-१ विकेट लिए । १ सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले अन्तिम बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गर्‍याे। राजस्थानका लागि यश्शवी जैशवालले ३९ रन बनाउँदा सिम्रन हेटमेयरले २७ रनको नटआउट इनिङ खेलेका थिए ।

यस्तै तन्सु कोटीयनले २४ रन जोड्दा सन्जु स्यामसनले २३ रन बनाए । पञ्जाबका लागि कागिसो रबडा र साम कुरानले समान २-२ विकेट लिँदा अर्सदीप सिंह, लियम लिभिङस्टोन र हर्षल पटेलले समान १-१ विकेट लिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.