अर्थ

सुनको मूल्य २२ सयले घट्यो, आज कति छ तोलाको ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला आज (आइतबार) २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सयमा कारोबार भएको छ ।

सुन

शुक्रबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले नै घट्दै एक लाख ३५ हजार १५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ३८ हजार तीन सय ५० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि शुक्रबारको तुलनामा ५० रुपैयाँ घटेको छ । चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार ७ सय निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार ७ सय ५० मा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.