क्रिकेटखेल

आइपिएलमा कोलकाताको चौथों जित, लखनउ ८ विकेटले पराजित 

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले चौथों जित हासिल गरेको छ । आइतबार भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ८ विकेटले पराजित गर्दै कोलकाताले चौथों जित हासिल गरेको हो ।

आइपिएल

जारी सिजनमा लखनउको भने यो तेस्रो हार हो । कोलकातास्थित ईडेन गार्डेन्स रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । लखनउका लागि निकोलस पुरनले सर्वाधिक ४५ रन बनाए भने केएल राहुलले ३९ रन जोडे ।

त्यस्तै आयुष बदोनीले २९ रन जोड्दा क्विन्टन डी काक र मार्कुस स्टोइनिसले समान १०-१० रन बनाए । कोलकाताका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने वैभव अरोरा, सुनिल नारेन, आन्द्रे रसेल र बरुण चक्रवतीले समान १-१ विकेट लिए ।

एक सय ६२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले १५.४ ओभरमै केवल दुई विकेट गुमाएर पुरा गर्‍यो । कोलकाताको लागि ओपनर ब्याट्सम्यान फिल साल्टले ४७ बलमा तीन छक्का र १४ चौका प्रहार गर्दै अविजित रहँदै ८९ रनको अर्धशतकीय पारी खेले भने कप्तान श्रेयस ऐयर ३८ रनमा अविजित रहे । लखनउका लागि मोहसिन खानले दुई विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.