जन सरोकार

देशका विभिन्न भागमा मनाइयो राष्ट्रिय झण्डा दिवस

विगत सात वर्षदेखि हरेक वैशाख १ गते मनाइदै आइएको राष्ट्रय झण्डा दिवस यस वर्ष पनि नेपालका विभिन्न भागमा राष्ट्रिय झण्डा दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

पछिल्लो समय राष्ट्रिय झण्डाको महत्व र यसको संरक्षणमा कमी भएको भन्दै बिगत सात वर्षदेखि अन्तराल संस्थाले राष्ट्रिय झण्डा महोत्सवको आयोजना गर्दै आएको छ ।

सातौं राष्ट्रिय झण्डा महोत्सव काठमाडौंको माईतीघर, टुडिखेल, ललितपुर, सिन्धली, दोलखा, नेपालगञ्ज, झापा, बिराटनगर, सुर्खेत, दैलेख लगाएतका बिभिन्न जिल्लामा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । स्थानीय बिभिन्न संघसंस्थाको सहकार्यमा राष्ट्रिय झण्डा दिवस सम्पन्न भएको छ ।

राष्ट्रिय झण्डा बारे

राष्ट्रिय झण्डा कुनै पनि राष्ट्रको गौरब र सम्मानको चिन्ह हुने गर्दछ । राष्ट्रिय झण्डामा त्यस राष्ट्रको जीवन र शक्तिको सङ्केत हुन्छ । राष्ट्रको लक्ष्य, नीति र महत्वलाई झल्काई त्यहॉका जातजातिमा भावनात्मक एकता बढाउने काम यसै झण्डाले गर्ने गर्छ । त्यसैले राष्ट्रिय झण्डालाई कुनै पनि राष्ट्रमा सर्वोच्च प्रतिकको रुपमा लिने गरिन्छ ।

नेपाल एक सार्वभौम स्वतन्त्र राष्ट्र हो । नेपालको आफ्नै राष्ट्रिय झण्डा छ । २०१९ पुष १ गते अंगीकरण गरिएको हालको संस्करणको झण्डा हो । राष्ट्रिय झण्डा तीनकुने आकारको छ । नेपालको राष्ट्रिय झण्डा विश्वमा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो । यो झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ ।

माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ । यस झण्डामा सिम्रक रङको भुइ छ र वरिपरि गाढा नीलो किनार रहेको छ। नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो । राष्ट्रिय झण्डामा देखिने रातो र नीलो रङ तथा सूर्य र चन्द्रमाका आफ्नै विशेषता छन् ।

आकाश नीलो भएझै हाम्रो झण्डामा रहेको नीलो किनारले नेपाल आकाश जत्तिकै व्यापक छन् भन्ने सङ्केत गर्छ । भने रातो रङ क्रान्तिको प्रतिक हो । बिचमा रहेको रातो भुईले नेपालका पुर्खाले रगतका धारा बगाएर बचाएको वीरभूमि हो र यो क्रान्तिकारी पनि छ भन्ने बुझाउछ । नेपालको राष्ट्रिय झण्डामा अङ्कित सूर्य र चन्द्रमाले नेपाल अटल र अमर छ भन्ने जनाउछ ।

चन्द्रमालाइ शितलता र सुर्यलाई क्रान्तिको प्रतिक पनि मानिन्छ । हरेक राष्ट्रका जनताका लागी आफ्नो देशको राष्ट्रिय झण्डा प्राण भन्दा प्यारो हुन्छ । हाम्रो झण्डा संयुक्त राष्ट्र संघको कार्यालय देखी सगरमाथासम्म फहराए थिए। सगरमाथा चढने पहिलो नेपाली तेन्जिङ नोर्गेले यो झण्डालाई सगरमाथामा फराएका थिए । बलिदान, शान्ति र समृद्धिको अर्थ राख्ने दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा संसार कै बिशेष आकर्षक मानिन्छ । यसमा आठ कुने चन्द्रमा र १२ कुने सूर्य राखिएको हुन्छ ।

यस्तो छ विश्वमा राष्ट्रिय झण्डाको इतिहास

राष्ट्रिय झण्डा प्रयोग गर्नुअघि युद्धको मैदानमा सेनाहरुले विभिन्न रंगका कपडा लौरामा बाँधेर राख्ने गरेको यसका अध्ययेताहरुको भनाइ छ । झण्डाको प्रयोगको मितिबारे ठोष प्रमाण हालसम्म नभेटिए पनि युद्धको मैदानमा सेनाले आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइन्थ्यो ।

पछि यही कपडाहरुलाई विशेष आकार र रुपरंगमा युद्धको मैदान हुँदै राष्ट्रिय झण्डाको रुपमा प्रयोग गर्न थालिएको इतिहास छ । १९औं शताब्दीसम्म आइपुग्दा प्रत्येक देशले आ–आफनो राष्ट्रिय झण्डा छनोट र प्रयोग गर्न थालिएको हो । सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इ

सापूर्व ११२६ मा चीनमा रहेको झाओ राजबंशका बेला सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेका छन् । संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ, जुन सन् १२१९ मा प्रयोग शुरु गरिएको हो । त्यसपछि सन् १३३९ मा स्वीट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा प्रयोगमा ल्याएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.