राजनीति

नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते स्थापना दिवस मनाउने

नेकपा एकीकृत समाजवादीले यही वैशाख ९ गते देशभर कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ ।

नेकपा एकीकृत समाजवादी

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले काठमाडौँमा केन्द्रीय कार्यक्रम गर्ने तथा प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकूलतामा कार्यक्रम गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय भएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानको नाम हटाउने निर्णय गरेको छ । पार्टी परित्याग गरेका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय बैठकमा गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.