अर्थसेयर बजार

नेप्से परिसूचकमा १६ दशमलव ८२ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ को बिन्दुमा कायम भएको हो ।

सोमबार तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता शेयर ५० हजार पाँच सय २४ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे डिभेञ्चर २०८७ को शेयर मूल्य सात दशमलव ०९ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोमबार सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको रु १७ करोड ७३ लाख ६८ हजार दुई सय ९५ बराबरको पाँच लाख २७ हजार नौ सय २६ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.