जन सरोकार

बसको ढोकबाट खसेर मृत्यु

स्याङ्जा, वालिङ नगरपालिका-१३ बायाटारीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६८९७ नम्बरको बसबाट खसेर सर्लाही मलंगवा नगरपालिका-६ घर भई स्याङ्जा गल्याङ नगरपालिका-१ खहरे बस्ने २० वर्षीय अमित साहको सोमबार बिहान मृत्यु भएको छ ।

बसबाट खसेर पछाडिको टायरले किच्दा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.