अर्थ

पश्चिम बंगाल सरकारले गर्‍यो मेची नाका बन्द- आयात निर्यात ठप्प

भारतको पश्चिम बंगला सरकारले कोरोना संक्रमणको जोखिम देखाउँदै नेपालसँग जोडिएको नाका बन्द गरेपछि आयात निर्यात ठप्प भएको छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले पश्चिम बंगाल सरकारले मेची भन्सारलाई पत्राचार गर्दै कारोबार रोक्न निर्देशन दिएका जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताउँदै नाकामा आएर थन्किएका वस्तुलाई रि रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएका छन् ।

भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको छ । लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात धेरै हुने गरेको थियो ।

यसैबचि केन्द्र सरकारको नीतिविरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका बन्दबारे पत्राचार गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.