राजनीति

जसपाको लचकता प्रधानमन्त्री ओलीतिर, एकल र समूहगत वार्ता निरन्तर

वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउन जनता जमाजवादी पार्टीको भूमिका निर्णायक छ । माओवादी केन्द्र, एमालेको माधव नेपाल गुट र नेपाली कांग्रेसले नयाँ सरकार बनाउन जसपाको साथ खोजिरहे पनि जसपा भने प्रधानमन्त्री ओलीतिरै लचक देखिएको छ ।

यसबीचमा बिहिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल सकारात्मक रहेको बताइएको छ ।

दिउँसो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच छुट्टाछुट्टै कुराकानी भएको थियो । सो छलफलपछि साँझ पुनः कार्यदलस्तरमा विचारविमर्श भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको र सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

जसपाले कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइ, टीकापुरलगायत अन्य घटनामा मुद्दा चलेकाको मुद्दा फिर्तालगायतका माग राख्दै आएको छ । कार्यदलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भट्टराई सदस्य हुनुहुन्छ । यस्तै जसपाका नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण जसपाकातर्फबाट कार्यदलमा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.