जन सरोकार

वाग्मतीको दुःख- लुकिलुकी फोहर फाल्ने जनता र समयमै काम नगर्ने निकाय

काठमाडौं उपत्यकाको सभ्यताको स्रोत मानिने पवित्र वाग्मती नदीलाई नदी जस्तै बनाउन झण्डै नौ वर्षदखि सफाई अभियान चलिरहे पनि नदी पूर्णतः स्वच्छ हुने संकेत नै देखिएको छैन ।

तर वगतको तुलनामा पानी बग्ने भने भएको छ । वाग्मती सफाइ अभियानकर्ताहरु जवसम्म बाग्मतीमा सफा पानी बग्दैन तवसम्म अभियान जारी रहने दृढता व्यक्त गर्दै होमिएका छन् ।

वाग्मती सफाई अभियन्ता चक्रबहादुर चन्द अपेक्षाकृत नतिजा नआउनुमा स्थानीयतहले ठीक समयमा काम नगरेको टिप्पणी गर्दै यसैकारण पनि अभियान लम्बिने अवस्था आएको बताउनुभयो ।

चन्द भन्नुहुन्छ, “लुकिलुकी नदीमा फोहोर फाल्ने जनता अनि समयम काम गर्ने राज्यका निकायले गर्दा सोचेको परिणाम आउन सकेको छैन तर हामी निरन्तर सफाईसंगै खबरदारी पनि गरिरहेका छौं, यसको नतिजा एकदिन अवश्य आउँछ ।”

उहाँ सफाई अभियान संचालन भएकोले ३०औ वर्षदेखी नदीमा थुप्रेको हज़ारौ टन फोहर ब्यबस्थापन भएर कम्तिमा पानी बग्ने भएकोमा केही सन्तुष्टि मिलेको बताउनुहुन्छ ।

सफाईकै क्रममा आज वैशाख ३ गते शनिबार सफाई अभियानकर्मी, अभियन्ताका साथमा सामाजिक कार्यकर्ता तथा संस्थाहरुको संलग्नता रहेको थियो । आज रोयल बहुउद्देश्यीय सहकारी, सिभिल क्यापिटल र वाग्मती आयोजनाको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.