जन सरोकारस्वास्थ्य

चितवनमा कोरोनाका कारण एकजनाको मृत्यु

जिल्लामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङक्रमणका कारण उहाँको शनिबार मृत्यु भएको हो ।

जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन् । कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक/एक रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.