समाचार

मृत अवस्थामा छ जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट छ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३२ सूर्यमुखी चोक डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका-९ घर भएका ६७ वर्षीय नेप्टे सार्की आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ नयाँबस्ती बस्ने ६८ वर्षीय कृष्ण रानामगर आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा सोही नगरपालिका-३ एक्राही बस्ने २६ वर्षीय शिवजी राउत सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै बझाङ, खप्तडछान्ना गाउँपालिका-६ पुजारीगाउँ बस्ने ५५ वर्षीय जगत बहादुर खड्का सोही ठाउँ बस्ने आफ्नै भतिज नाता पर्ने ६९ वर्षीय गोरख बहादुर खड्काको घरको ग्यालरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।उता रौतहट, गरूडा नगरपालिका-९ गमहरिया बिर्ता बस्ने राजश सहनीकी छोरी ६ वर्षीया करिमा कुमारी सहनी सोही ठाउँस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता रूपन्देही, बुटवल उपमहानगरपालिका-२ स्थित खोल्सामा हाल नाम, थर, वतन, नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.