विश्व समाचार

विश्वभर कोराना संक्रमित २१ लाखभन्दा बढी- मृतकको संख्या एकलाख ४६ हजार नाघ्यो

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । त्यस्तै संक्रमितको संख्या २१ लाखभन्दा बढी रहेको छ ।

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

अमेरिकाबाट प्राप्त पछिल्लो समाचारमा अनुसार यहाँ संक्रमितको संख्या पनि विश्वको अरु देशका तुलनामा सबैभन्दा बढी रहेको छ । अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३४ हजार ७८४ जना पुगेको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार १७४ जनाको मृत्यु भएको थियो ।

नेपाली समयानुसार शुक्रबार अपरान्हसम्म अमेरिकामा यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ । कोरोना भाइरसबाट शुक्रबार अपरान्हसम्म संक्रमित हुने ६ लाख ७६ हजार ६७६ पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ ।

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६८ हजार ५०० नाघेको छ । स्पेनमा भने १९ भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८४ हजार ५०० नाघेको छ ।

कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार ९२० जना र बेलायतमा १३ हजार ७२९ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ८५७ जना, जर्मनीमा ४ हजार ९३ जना, नेदरल्यान्ड्समा ३ हजार ३१५ जना, स्वीट्जरल्यान्डमा १ हजार २८१ जना, स्वीडेनमा एक हजार २३३ जना र आयरल्यान्डमा ४८६ जनाको मृत्यु भएको छ ।

यसैबीच कोरोना संक्रमणबाट विश्वमा सबैभन्दाब बढी प्रभावित अमेरिकाको न्युयोर्क राज्यका गभर्नरले यहाँका अत्यावश्यक बाहेकका व्यवसाय, प्रतिष्ठानहरु र विद्यालयहरु मे १५ सम्म नखुल्ने बताउनु भएको छ । यी क्षेत्रहरु अहिले पनि बन्द रहेका र आगामी मे १५ सम्म नै नखुल्ने जानकारी गभर्नर एन्ड्रयु कुओमोले जानकारी दिनुभएको हो ।

बिहीबार उहाँले संयुक्त राज्य अमेरिकाले कोविड १९ को संक्रमणलाई रोक्ने प्रयासस्वरुप यो निर्णय गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । कुओमोले उहाँको नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार यो जानकारी दिनुभएको थियो । साथै उहाँले न्युयोर्क वरिपरिका राज्यहरुसँग पनि आवश्यक परामर्श गरेर यो निर्णय लिइएको जानकारी गराउनुभयो ।

उहाँले पछिल्ला केही दिनहरुमा यस राज्यमा कोविड १९ का कारणले भर्ना हुन आउने तथा आइसियुमा राख्नुपर्ने अवस्थाका विरामीहरको संख्या घट्दो मात्रामा रहेको जानकारी पनि दिनुभयो । तर पनि अहिले नै उद्योग कारखाना तथा सबै बजार खुल्न मिल्ने अवस्था भने नरहेकोले सतर्कता अपनाउन पनि न्युयोर्कका गभर्नरले सबैसँग अपिल गर्नुभएको छ ।

उहाँले आगामी केही हप्तामा अवस्था नियन्त्रणमा आउने भन्दै छिमेकी राज्यहरुसँगको परामर्शबाट बजार तथा विद्यालय खोल्नेसम्बन्धी निर्णय जतिसक्दो चाँडै गर्ने पनि उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.