राजनीति

प्रम ओलीले झुटको खेती गरेको नेता नेपालको आरोप

नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाउनुभएको छ ।

उहाँले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गर्नुभयो । बिर्तामोडमा जिल्ला कमिटी गठन गर्न आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७७ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गर्नुभयो ।

झापामा समानान्तर कमिटी गठन

माधव नेपाल समूहले आज बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.