राजनीति

छतबाट खसेका चालक थापासंगै सुतेका रास्वपा महामन्त्री ढकालका चालक प्रहरी नियन्त्रणमा

सोमबार विहान चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भाडाको घरको छतबाट उहाँका सवारी चालक खसेको विषयमा प्रहरीले अनुसन्धानका लागि सोही पार्टीका महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट चालक चालक शम्भु भनिने दिलबहादुर थापा खसेका थिए ।

थापासंगै महामन्त्री ढकालका सवारी चालक कालुराम राजवंशी पनि संगै सुतेकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले छतबाट खसेका लामिछानेका चालक थापासँगै सुतेका ढकालका चालक राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “अहिले घटनाको अनुसन्धान भइरहेको छ, आत्महत्या प्रयास हो वा अरु कुनै कारणले यस्तो भएको हो, त्यो बारेमा खुल्ला । घटनास्थलको मुचुल्का उठाएर ल्याएका छौं सोधपुछ जारी छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.