जन सरोकार

मिटरब्याजी पीडितका समस्या समाधानको साटो लाठी मुङ्ग्री

काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितहरुमाथि धरपकड भएको छ । सरकारले समस्या समाधानका लागि वार्ता समिति बनाए पनि पटकपटकको वार्ताले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

आफूहरुको समस्या समाधानका लागि भन्र्द काठमाडौंको शान्तिवाटिकामा धर्नामा बसेका पीडितहरुले सोमबार सिंहदरबार घेर्ने कार्यक्रम राखेपछि त्यहाँ झडप भएको हो ।

पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो ।

तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.