क्रिकेटखेल

आइपिएलमा राजस्थानको रोमाञ्चक जित, कोलकाता २ विकेटले पराजित 

इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले छैटौं जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै राजस्थानले रोमाञ्चक जित हासिल गरेको हो ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । कोलकाताको लागि सुनिल नारेनले ५६ बलमा ३ चौका र ६ छक्काको मद्दतमा अविजित  रहँदै १ सय ९ रनको शतकीय पारी खेले भने आङ्गकृष रघुवंशीले ३० रन बनाए । त्यस्तै, रिन्कु सिंह २० रनमा अविजित रहँदा फिल साल्टले १० रन बनाए ।

राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २–२ विकेट लिए । कोलकाताले दिएको २ सय २४ रनको विशाल लक्ष्य राजस्थानले अन्तिम बलमा ८ विकेट गुमाएर पुरा गरेको थियो । राजस्थानका लागि जोस बटलरले ६० बलमा ९ चौका र ६ छक्काको सहयोगमा अविजित रहँदै १ सय ७ रनको शतकीय पारी खेले भने रियान परागले १४ बलमा ४ चौका र २ छक्का सहित ३४ रन बनाए ।

यस्तै रोभमन पावेलले १३ बलमा २६ रनजोड्दा यश्स्वी जैसवालले १९ रन बनाएका थिए । कोलकाताका हर्सीत राना, सुनिल नारेन र वरुण चक्रवर्तीले समान २-२ विकेट लिए । जितसंगै राजस्थान १२ अंकसहित शीर्ष स्थानमा यथावत रहँदा पराजित भएको कोलकाता ८ अंकका साथ दोस्रो स्थानमा छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.